लागुऔषध लोड गरिरहेको एम्बुलेन्ससहित दुई मोटरसाइकल प्रहरी नियन्त्रणमा

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका १, चतरा घाटस्थित लागुऔषध लोड गरिरहेको एम्बुलेन्स र दुई वटा मोटरसाइकललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।
कोशी नदीमा ट्युबबाट ल्याएको लागुऔषध लाई मे १च ५१९ नम्बरको एम्बुलेन्समा लोड गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ९ बोरा गाँजा, प्र.०१–०२–०४६ र प १२९६ नम्बरको दुई मोटरसाइकललगायत मालसामान नियन्त्रणमा लिएको जनाएको छ ।
लागुऔषध लोड गर्ने व्यक्ति र एम्बुलेन्स चालक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया