NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ।

कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

अहिले स्थिती नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास हानेका छन् । परीक्षार्थीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्। अहिले त्यहाँ सवारी आवागमन पनि अवरूद्ध बनेको छ भने ठूलो संख्यामा प्रहरी खटिएको छ।

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष