विवाइडी डलफिन बन्यो २०२३ को सबैभन्दा धेरै पुरस्कृत विद्युतीय कार

काठमाडाैं । BYD DOLPHIN ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी हो। ब्राजिलमा लन्च भएको ६ महिनामानै BYD DOLPHINले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको छ। BYD DOLPHIN वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
BYD ले २०२३ मा ब्राजिलमा मात्रै ५००० भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरुमा बिद्ध्युतिय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ।
सम्पूर्ण बिद्ध्युतिय कारहरुको दाँजोमा, BYD DOLPHIN अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मुल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा BYD Dolphin ले पुष्ठि गरेको छ।
BYD का अध्यक्ष Tyler Li भन्छन, ‘BYD DOLPHIN ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम-चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण , र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्प्रधी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । बिद्ध्युतिय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनुनै हाम्रो लक्ष्य हो ।’
नोभेम्बर देखि डिसेम्बर सम्म मात्रै BYD DOLPHIN ले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ।
ती हुन्:
BYD DOLPHIN सेप्टेम्बर देखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको विद्ध्युतिकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया