NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सिजी डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त सहकार्यमा शून्य प्रतिशत किस्ताबन्दीको सुविधा

काठमाडाैं । सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको ० प्रतिशत किस्ताबन्दीमार्फत अब ग्राहकबर्गहरुले कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा विभिन्न सामान किन्न पाउने भएका छन् । ग्राहकले एलजी, सिजी र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर सुपथ मुल्यमा खरिद गर्न सक्ने भएका हुन्।

यो सहकार्यले इलेक्ट्रोनिक्स् उपभोक्ताहरुका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य राखेको छ। यो सहकार्यले गर्दा अब १२ महिने शून्य प्रतिशत किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको कम्पनीले जनाएको छ । यसका साथै झन्झट मुक्त शून्य प्रतिशत किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा, शून्य प्रतिशत व्याज्दरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्न सक्नेछन्।

ग्राहकहरूले एलजी, सिजी  र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू बिशेष छुटमा नै ०५ किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्। सिजी डिजिटल र जगदम्बा क्रेडिटसँग भएको संयुक्त सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत् गर्ने र इलेक्ट्रोनिक्स् बजारमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने कुरामा दुबै पक्ष विस्वस्थ छन्।

यो सुविधा उपत्यका भित्र रहेका सबै सिजी डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ। तसर्थ, ग्राहकहरूले आफ्नो सुविधा अनुसार नजिकैको शोरूममा सम्पर्क गर्न वा भ्रमण गर्न सक्नेछन्र । थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९र ९८५१२३७०३८ मा फोन गर्न सक्नेछन्।

 

ताजा अपडेट

नेपालवाच विशेष