डेनमार्ककी महारानीले गरिन् राजगद्दी परित्यागको घोषणा
डेनमार्क । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको शुभकामना दिँदै प्रत्यक्ष टिभी सम्बोधनका क्रममा राजगद्दी त्याग गरेको घोषणा गरेकी छन् ।
आइतबार भाषणको क्रममा रानी मार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन् । उनी ५२ वर्षदेखि डेनमार्ककी महारानी रहेकी छिन् । मार्गरेट द्वितीयले अब उन उनको छोरा क्राउन प्रिन्स फ्रेडरिक सिंहासनमा बस्ने घोषणा गरेकी छन्।
रानी ८३ वर्षकी भइसकेकी छिन् । उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्युपछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि मार्गरेटले समयको सोचविचारपछि यो निर्णय गरेको बताएकी छन् ।
मार्गरेट द्वितीयले भनिन्, ‘शल्यक्रिया पछि, म भविष्यको बारेमा सोच्न सक्षम भएँ र अर्को पुस्तालाई जिम्मेवारी सुम्पने समय आएको छ कि छैन। मैले निर्णय गरेको छु कि यो सही समय हो।’ मार्गरेटले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवादसमेत व्यक्त गरेकी छन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया