NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नयाँ सालको पहिलो कारोबार दिन कस्तो रह्यो सेयर बजार ?

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन सोमबार नेप्से एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा पुगेको छ । सोमबार ३०६ स्टकको एक लाख २ हजार ९०५ पटक कारोबारमा एक करोड १८ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज पाँच उपसमूहको सूचक बढेका छन् भने बाँकी उपसमूह घटेको छ । सोमबार बैंकिङ, विकास बैंक, लगानी १.०७, उत्पादन १.०७ र व्यापार ०.४५ प्रतिशतले बढेको छ ।

घटेका उपसमूहरूमा वित्त ०.८०, होटल तथा पर्यटन १.६७, जलविद्युत १.७२, जीवन बीमा १.५८, माइक्रोफाइनान्स ०.१५, म्युचल फण्ड ०.३१, नीर्जीवन बीमा ०.७५ र अन्यको ०.३२ प्रतिशतले घटेको छ ।

आज सीइडीसी, चिर्खुवा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मोलुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम् सिमेन्टको २० करोड १३ लाख ७३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै सोनापुर मिनरल्सको २० करोड १२ लाख २३ हजारको कारोबार भएको छ ।