नयाँ सालको पहिलो कारोबार दिन कस्तो रह्यो सेयर बजार ?
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन सोमबार नेप्से एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा पुगेको छ । सोमबार ३०६ स्टकको एक लाख २ हजार ९०५ पटक कारोबारमा एक करोड १८ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज पाँच उपसमूहको सूचक बढेका छन् भने बाँकी उपसमूह घटेको छ । सोमबार बैंकिङ, विकास बैंक, लगानी १.०७, उत्पादन १.०७ र व्यापार ०.४५ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा वित्त ०.८०, होटल तथा पर्यटन १.६७, जलविद्युत १.७२, जीवन बीमा १.५८, माइक्रोफाइनान्स ०.१५, म्युचल फण्ड ०.३१, नीर्जीवन बीमा ०.७५ र अन्यको ०.३२ प्रतिशतले घटेको छ ।
आज सीइडीसी, चिर्खुवा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मोलुङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम् सिमेन्टको २० करोड १३ लाख ७३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै सोनापुर मिनरल्सको २० करोड १२ लाख २३ हजारको कारोबार भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया