इजरायल गाजा’नरसंहार’ को आरोपमा संयुक्त राष्ट्रसंघीय अदालतमा उपस्थित हुने

इजरायल । इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ । मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेग स्थित संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइट थ्लभत ले सोमबार उल्लेख गरेको छ ।
इजरायलले नरसंहार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कार्यवाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफू विरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताउनु भएको वेबसाइटमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा वरिष्ठ अधिकारी बीचको छलफल अघि नै यो निर्णय लिइएको हो ।
शुक्रबार दायर गरिएको मुद्दामा ‘गाजा स्ट्रिपमा प्यालेस्टिनीको नरसंहारको रोकथाम तथा सजायको महासन्धि अन्तर्गतको दायित्वको इजरायलले उल्लङ्घन गरेको अन्तरराष्ट्रिय अदालत (आईसीजे) ले जनाएको छ ।
दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघीय अदालतलाई ‘नरसंहार’ महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया