सातै प्रदेशमा आईएमईको रेमिट्यान्ससम्बन्धी साक्षरता कार्यक्रम
काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले सातै प्रदेशमा रेमिट्यान्ससम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंसिर २०८० देखि सातै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यावसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको बैंकले जनाएको छ ।
उक्त साक्षरता सम्बन्धी कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स र यसको प्रयोगका विषयमा केन्द्रित रहेर रेमिट्यान्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरि हस्तान्तरण गर्ने, रेमिट्यान्स गरी रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेष गरी के कुरामा ध्यान पुराउने तथा रेमिट्यान्सको डिजिटल प्रगोग सम्बन्धी विषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको बैंकको भनाइ छ ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दुःख गरी कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ यो कार्यक्रम सम्पन्न गरिएको बैंकले बताएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया