NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

विवाइडीले २०२३ मा बिक्री गर्यो ३ मिलियन भन्दा बढी विद्युतीय सवारी साधन

काठमाडाैं । विद्युतीय सवारीसाधनको उद्योगमा विश्वमै अग्रणी स्थानमा रहेको BYD ले २०२३ को अन्त्य सम्ममा ३ लाख २४ हजार ४१७ भने विद्ध्युतिय गाडीहरू बेचेको घोषणा गरेको छ। यस माइलस्टोनले BYD को ६१.८ प्रतिशतको वर्ष- दर- वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरुको विकासमा BYD को प्रतिबद्धतालाई पनि देखाएको छ।

वार्षिक मापदण्डमा ४५.० प्रतिशतको वृद्धि देखाउदै,  विवाइडीले डिसेम्बर २०२३ मा, कुल मासिक ३ लाख ४१ हजार ०४३ न्यू इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो। वर्षको अन्तिम महिनाको यस अद्भुत प्रदर्शनले BYD लाई बिद्ध्युतिय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सह्योग गरेको कम्पनीको भनाइ छ ।

२०२२मा पनि BYD ले विद्ध्युतिय गाडीको क्षेत्रमा नयाँ  रेकर्ड कायम गर्दै, १.८६ मिलियन बिद्ध्युतिय गाडीहरू बेचेको रेकर्ड दृढ गतिमा बनाएको थियो। कम्पनीको दिगो पर्यावरणीय संरक्षण र नविन प्रविधि विकास प्रतिको प्रतिवद्धताले नै BYD लाई  बिद्ध्युतिय सवारीसाधनको क्षेत्रमा नयाँ उचाईमा पुर्याएको कम्पनीको दाबी छ ।

नोभेम्बर २०२३, BYD को यो प्रगतिशील यात्राको एक महत्त्वपूर्ण क्षण रहेको छ। कम्पनीले आधिकारिक रुपमा आफ्नो ६ मिलियन बिद्ध्युतिय गाडीहरू बजारमा लेराइ कम्पनीको प्राकृतिक तथा शुचित भविष्य सृष्टि गर्ने लक्ष्यमा एक ऐतिहासिक माइलस्टोन हासिल गरेको छ।

विवाइडीको सफलता, यसको अत्याधुनिक प्राविधिको तथा बलियो उत्पादन लाइनअपको प्रमाण हो जसले पर्यावरण-मैत्री यातायात समाधानहरुको लागि बढ्दो विश्ववायापी मागसगँ प्रतिध्वनित गर्दछ। आजको दिनमा, कम्पनी विद्युतीय सवारी क्रान्तिको अग्रभागमा रहदै, उद्योगमै बेन्चमाक्रहरु सेट गरी रहेको छ ।

२०२३ लाई हाम्रो उत्कृष्ट वर्षका रुपमा मनन गरिरहँदा, BYD ले पर्यावरण मैत्री सवारीसाधनहरु मार्फत यातायातको क्षेत्रमै केहि परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको छ। ३ मिलियन भन्दा बढीको  बिद्ध्युतिय सवारी साधनहरुको बिक्रि हाम्रो टिमको अथक प्रयास मात्रै नभएर हाम्रो उत्पादनको गुणस्तर तथा उत्कृष्टतालाई विश्वास गर्ने विश्व भरका ग्राहकहरू पनि हुन् ।