बैंकहरुमा करिब साढे २ अर्ब लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकको करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४४ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपमा राख्नेछ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३६ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड २० लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्न लागको हो ।
आफूले मुद्दति निक्षेपको रूपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
आउँदो माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया