सिटिजन्स बैंक र सिद्धि हाइड्रोपावरबिच कर्जा सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धि हाइड्रोपावर कम्पनीबीच १० मेटावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजना निमार्ण गर्न कर्जा दिने सम्झौता भएको छ ।
इलाम जिल्लाको साविक समलबुङ र जिर्मले गाविसमा उक्त आयोजना निमाण हुन लागेको हो । बिहीबार बैंकका प्रमुख कन्र्सोटियम रोशन मल्ल र सिद्धि हाइड्रोपावर कम्पनीका प्रबन्ध संचालक सन्तोष राज नेपालले सो कर्जा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
परियोजनाको अनुमानित लागत करीब एक अर्ब ७३ करोडमा बैंकले एक अर्ब २० करोड बराबरको कर्जा दिने उक्त सम्झौतामा उल्लेख छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट र वर्षामा ४६.९११ गिगावाट घण्टा गरी वार्षिक ५५.७१६ गिगावाट विद्युत उत्पादन गर्ने छ ।
सिटिजन्स बैंकले हाल देशभरका आफ्ना १९० शाखा, १५१ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया