माइतीघरबाट डा. केसीलगायत ९ जना पक्राउ

काठमाडौं । डा. गोविन्द केसी लगायत ९ जनालाई प्रहरीले माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको छ।
सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै माइतीघरमा आन्दोलन गर्न पुगेका डा. केसी लगायतका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निषेधित क्षेत्रमा आन्दोलन गर्न गएकाले नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
हाल माइतीघर मण्डल निधेषित क्षेत्र हो । तर, केसीलगायतका नागरिक भेला भएर प्रदर्शन गर्न पाउने संविधानले प्रदत्त अधिकार फिर्ता गर्नु पर्ने भन्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीे उनीहरुलाई पक्राउ गरेको हो ।
डा. केसीले माइतीघर निषेधित क्षेत्र नभएको बताउँदै अदालतको आदेश देखाउन भनेका थिए।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया