NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

डिजिटल वालेटको पर्यायवाची इसेवा : टपअपदेखि होटल बुकिङसम्म

काठमाडाैं । यो डिजिटलको युग हो । ‘डिजिटल्ली’ काम हुने भएकाले धेरै कुरा गर्न सहज भएको छ । मोबाइलमा रिचार्ज गर्न होस् वा खानेपानी, बिजुली बत्ती, स्कुलको फि, सिनेमाको टिकट, होटल बुकिङ, सरकारी बिल, बैंक ट्रान्सफर, लेनदेनको काम नै किन नहोस्, अनलाइनबाटै यी सबै काम तमाम गर्न सकिने भइसकेको छ । डिजिटल भुक्तानीले आज मानिसको दैनिकी निकै सहज बन्दै गएको छ । नेपालमा त्यसको जस कसैलाई जान्छ भने त्यो निर्विवाद डिजिटल वालेटको अग्रणी इसेवालाई जान्छ ।

इसेवा नेपालको मात्र नभएर साउथ एसियाकै पहिलो डिजिटल वालेट हो । जसले समयसापेक्ष विभिन्न सेवा पस्किँदै आइरहेको छ । ग्राहकको सर्वाधिक  रुचिमा परेकाले इसेवाले पनि आफ्ना सेवालाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लगेको छ । इसेवाले सदस्यहरूको रकमको सुरक्षादेखि आफ्ना एपको प्रयोगलाई सहज र सरल बनाएको छ ।

सुरुवाती चुनौती

नेपालको पहिलो अनलाइन भुक्तानी गेटवेको रूपमा इसेवाले सन् २००९ जनवरीबाट यात्रा सुरु गरेको थियो । इसेवाको सुरुवाती यात्रा पक्कै सहज थिएन । थुप्रै चुनौती र अप्ठ्यारा यसले झेल्यो । ती सबैलाई पार गरेर कम्पनी आज यहाँसम्म आउन सफल भएको छ । इसेवाले नेपालका सहर क्षेत्रमा मात्र नभएर दुर्गम र ग्रामीण क्षेत्रमा टपअपदेखि बिजुलीका बिल अनलाइनबाटै तिर्नेजस्ता सुविधामार्फत सेवा थालेको थियो ।  सुरुवातमा यो काम सहज थिएन । पहिलो चुनौती इसेवा र यसले दिन लागेको सुविधाबारे मानिसहरु अनभिज्ञ थिए । यसबारे ज्ञान नहुँदा त्यसमा पनि पहिलो पटक प्रयोगमा ल्याएकाले विश्वास दिलाउन गाह्रो थियो । अनलाइन भुक्तानीमा मानिसप्रति मानिस विश्वस्त थिएनन् ।

चुनौती एक मात्र थिएन, अनेक थिए । दोस्रो चुनौती इन्टरनेट पहुँचको थियो । त्यतिबेला इन्टरनेटको एक्सेस सबैतिर पुगिसकेको थिएन । सीमित ठाउँ र मानिसहरुको पहुँचमा मात्र इन्टरनेटको सुविधा थियो । विस्तारै इन्टरनेटको पहुँच मानिसहरूमा पुग्न सुरु भएपछि इसेवाले पनि आफ्नो सेवा ग्राहकरूमाझ पु¥याउने कोसिस गर्न थाल्यो । इसेवाले सुरुवातमा एजेण्टको माध्यमबाट ग्राहकसमक्ष पुग्ने प्रयास ग¥यो । त्यतिबेला मानिसले रिचार्ज कार्ड नै किनेर मोबाइलमा हाल्थे, त्यसको रूपान्तरणमा इसेवाले अब रिचार्ज कार्डबिना मोबाइलमा टपअप गर्ने सुविधा दिन थाल्यो । यो काम एजेण्टमार्फत हुन्थ्यो । एजेण्टहरु (पसले) ले ग्राहकलाई रिचार्ज टपअप गरिदिन्थे । यसमा इसेवाले सफलता हासिल गर्दै गयो, पछि मात्रै वालेट ग्राहक आफैंले चलाउन सक्ने भएको हो । यसरी अहिले सबैले इसेवा वालेट प्रयोग गरेर टपअपदेखि सबै सुविधा लिन सक्ने भइसकेको छ । पहिलो मर्चेन्टको रूपमा इसेवासँग बुद्ध एयर जोडिएको थियो । हालसम्म आइपुग्दा चार लाखभन्दा बढी मर्चेन्ट, ८० लाखभन्दा बढी वालेट प्रयोगकर्ता, २ लाख ३० हजार एजेण्ट यसमा जोडिइसकेका छन् । यसरी प्रत्यक्ष अप्रत्यक्ष झण्डै २ करोड जनतामाझ इसेवाले सेवा प्रवाह गर्दै आइरहेको छ । इसेवाले १५ वर्ष पार गर्दा अनलाइन भुक्तानीमा छुट्टै नाम कायम गर्न सफल भएको छ । टपअप रिचार्चबाट सेवा सुरु गरेको इसेवाले आजको दिनसम्म आइपुग्दा बस/एयरलाइन्सको टिकट, सपिङ, बीमा, सरकारी बिल, होटल बुकिङलगायतका सेवा दिन सक्षम भइसकेको छ । इसेवाले सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो भुक्तानी सेवा प्रदायको लाइसन्स प्राप्त गरिसकेको छ ।

स्थापनकालदेखि हालसम्म इसेवाका मुख्य उपलब्धिहरु :

ग्राहकको रोजाइमा इसेवा

अहिले वित्तीय कारोबारमा इसेवासँगै खल्ती, आइएमई पे, क्यु पे, सिजी पे, मोरु डिजिटललगातका डिजिटल वालेट सञ्चालनमा छन् । ती सबैको काम उस्त उस्तै हुन् । मोबाइल वालेटबाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा दिँदै आएका छन् । यस अर्थमा पनि अहिले इसेवा नै प्रयोग गर्नुपर्ने बाध्यता छैन । ग्राहकले आफ्नो इच्छाअनुसार जुनसुकै मोबाइल वालेट, इन्टरनेट बैंकिङमार्फत अनलाइन सुविधा लिन सक्छन् । यद्यपि, अहिले पनि ग्राहकहरूको रोजाइमा इसेवा नै पर्ने गरेको छ ।

प्रतिस्पर्धी बजारमा इसेवाले ग्राहकलाई आकर्षण गर्न सक्नुको प्रमुख कारण, यो स्थापित भइसकेको वालेट हो । यो वालेटले ग्राहकलाई विश्वास दिलाउन सफल भइसकेको कारणले पनि पहिलो रोजाइमा छ । त्यस्तै सेक्युरेटीको हिसाबले पनि यो वालेट अन्यभन्दा सुरक्षित छ । अन्य वालेटको तुलनामा बढी सुविधा भएकाले यी सेवा रोजाइमा परेको ग्राहकहरू बताउँछन् ।

सुरक्षा र सावधानी

अनलाइन भुक्तानी सेवाले मानिसको दैनिक जीवनमा सुविधा दिए पनि यो कमजोरीविहीन भने छैन । अनलाइन भुक्तानी सुरक्षाको हिसाबले शत प्रतिशत सुरक्षित छैनन् । कहिलेकाहीँ आपराधिक मनोवृत्ति भएका मानिसहरूले अनधिकृत काम गर्न सक्छन्, गरेका पनि छन् । त्यसैले अनलाइन भुक्तानी गर्दा ग्राहकले सावधानी अपनाउनु जरुरी छ । वित्तीय कारोबार गर्ने एपहरूको प्रयोगमा सानो सावधानी अपनाउन सकेमा सम्भावित जोखिमहरूबाट बच्न सकिन्छ । उदाहरणको लागि महत्वपूर्ण पासवर्ड, ओटिपी कसैसँग सेयर गर्नुहुँदैन । त्यस्तो सेवा प्रदायकहरूले पनि आफ्ना एपहरूको अनधिकृत व्यक्तिको पहुँच र प्रवेशलाई रोकेर सुरक्षित कारोबार बनाउन ध्यान दिने गरेका हुन्छन् । त्यस्तै प्रयास इसेवाले पनि गरेको छ ।

इसेवाले अनलाइन भुक्तानीलाई थप सुुरक्षित बनाउन जनचेतानामूलक कार्यक्रम गर्दै आएको छ । भर्खरै सिआइबीसँग मिलेर इसेवाले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै विभिन्न स्कुल कलेजमा कार्यक्रम गर्दै आएको छ भने सरकारी निकायसँग समन्वय गरी काम गरिरहेको छ ।

रणनीति तथा योजना

नेपाललाई पूर्ण रुपमा डिजिटल बनाउने अभियानमा सरकार लागिपरेको छ । उक्त उद्देश्यअनुरुप चल्न सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ जारी गरेको छ । नेपाललाई पूर्ण रूपमा डिजिटल बनाउने भनिएता पनि व्यावहारिक रूपमा भने त्यो हुन सकेको छैन । अहिले पनि नेपालको कुल जनसंख्याको ३० प्रतिशतले मात्रै अनलाइन भुक्तानी गर्ने गरेका छन् । इसेवाले डिजिटल नेपाल बनाउने अभियानमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । इसेवा ७० प्रतिशत नै अनलाइन भुक्तानी गर्ने योजना राखेको छ । त्यसैगरी, इसेवाको नयाँ ग्राहकहरु बनाउने योजना रहेको छ । इसेवाले सुरक्षाको हिसाबले थप विश्वसनीय बनाउन त्यहीअनुरूप प्रवृधिमा थप गृहकार्य गरिरहेको छ । त्यस्तै इसेवाले थप पेमेन्ट सुविधाहरु ग्राहकहरुमाझ ल्याउने योजना बनाइरहेको छ ।