आज राष्ट्रियसभा सदस्य उम्मेदवारविरूद्ध दाबीविरोध र उजुरी दिन सकिने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरूद्ध आज उजुरी दिन सकिनेछ।
निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने कार्यतालिका रहेको छ ।
उम्मेदवारविरुद्ध परेको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
त्यस्तै, पुसको २७ गते उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ। र, त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
माघ ११ गते १९ पदका लागि हुने निर्वाचनमा ८ पार्टीका ५२ जना उम्मेदवारले सोमबार मनोनयन दर्ता गराएका छन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया