घरमा आगलागी हुँदा भियतनाममा ३ जनाको मृत्यु
एजेन्सी । भियतनामको सेन्ट्रल हाइल्यान्ड प्रान्त जिया लाइमा मङ्गलबार बिहान एउटा भाडाको घरमा आगलाग हुँदा तीन जनाको मृत्यु भएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीया महिला र १५ वर्षीया बालिका रहेका छन् । अर्का एक जना व्यक्तिको भने पहिचान खुलेको छैन। घर आगलागी हुँदा इलेक्ट्रिक बाइक लगायतका अन्य भौतिक सम्पत्ति नष्ट भएको स्थानीय सञ्चारमाध्यम टुओई ट्रे (युवा) ले जनाएको छ ।
सन् २०२३ मा भियतनाममा ३ हजार ४४० वटा यस किसमका आगलागीका घटना घटेका छन् । ती घटनामा जसमा १४६ जना व्यक्तिको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको अग्नि तथा उद्धार प्रहरी विभागले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया