कम्युनिष्टहरु तत्काल एक हुने अवस्था छैन : अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरु तत्काल एक हुने अवस्था नरहेको बताएका छन् ।
पार्टी निकट विद्यार्थी विशेष कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले केही कम्युनिष्ट नेता जालझेलको राजनीतिमा सक्रिय रहेकाले उनीहरूसँग एकताको सम्भावना नरहेको बताए ।
राजनीतिमा गलत विचार र प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, “सबै कम्युनिष्ट मिलुन् भनेर चाहना राखेर मात्र हुँदैन ।”
कुनै पनि राजनीतिक शक्तिलाई निषेध गर्न नहुने अध्यक्ष नेपालले बताए ।
ताजा अपडेट
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी


प्रतिक्रिया