एक हजार पाइने लोभमा वडाध्यक्षको छोरा अपहरण, बालकको सकुशल उद्धार
मोरङ । मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
अपहरणको आरोपमा मोरङ प्रहरीले बुधबार जहदा– १ का २० वर्षे अभिषेक यादव, १९ वर्षे मिथिलेशकुमार यादव र विराटनगर–१८ का २१ वर्षे विवेकानन्द यादवलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहाललेका अनुसार अपहरणमा परेका १० वर्षीय बालकको सकुशल उद्धार गरिएको छ ।
बुधबार दिउँसो दुई बजेतिर घर नजिकैको चउरमा खेलिरहेका बालकलाई अपहरणकारीले ‘स्कुलमा फोटो खिच्नु छ’ भन्दै साइकलमा राखेर विराटनगरतर्फ लगेका थिए।
अभिषेकको दाजु बस्ने घरमा बालक राख्न खोज्दा विवाद भएको र बालकलाई त्यहाँबाट अन्यत्र लैजाने प्रयास हुँदै गर्दा थाहा पाएर स्थानीयले हो–हल्ला गरेपछि बालको उद्धार गर्दै अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तीनै जना एक हजार पाइने लोभमा परिचालित भएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । अपहरण गराउने मुख्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया