आज राप्रपाको चियापान, प्रधानमन्त्रीसहित ८ हजार जनालाई बोलाइयो
काठमाडौं । आज ३०२औँ पृथ्वीजयन्ती । यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, बुद्धिजीवी लगायत ८ हजारलाई निमन्त्रणा गरिएको छ ।
चियापान समारोह अघि भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण गरिने कार्यक्रम रहेको छ ।
राप्रपाले पृथ्वीजयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’का बारेमा कविता प्रतियोगिताका विजयीलाई पनि आजै पुरस्कार वितरण गर्ने भएको छ ।
प्रतियोगितामा रुकुमपश्चिमका उमेश पुनमगरको ‘देशभित्र देखेको देश’ कविता प्रथम भएको प्रवक्ता श्रेष्ठले बताए । यसैगरी कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, सङखुवासभाका सिजन श्रेष्ठको ‘पृथ्वीको यात्रामा पृथ्वी’ तृतीय भएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया