NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने : उपप्रधानमन्त्री

रुस । रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ ।  उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यस बारे जनाकारी गराएका छन्।

‘रूस विश्वव्यापी अनाज भण्डार र भरपर्दो आपूर्तिकर्ता  हो । अन्न र मलको सन्दर्भमा मानवीय सहायताको पहिलो चरण अफ्रिकी देशहरूमा पठाइसकेको छ र आगामी दिनमा यसलाई जारी राखिने छ।’

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनले भर्खरै पश्चिमी देशहरूले खाद्य, खनिज मल, रसद र भुक्तानीमा लगाएको प्रतिबन्धले विश्व भोकमरीको समस्या बढेको स्वीकार गरेको रुसका उपप्रधानमन्त्रीले बताएका छन् ।

गत वर्ष जुलाईमा रुस-अफ्रिका शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व खाद्य कार्यक्रमको सूचीमा रहेका ६ अफ्रिकी देशलाई रुसले मानवीय सहायताका रूपमा अन्न पठाउने बताएका थिए ।

कृषि अधिकारीहरूका अनुसार सोमालिया र बुर्किना फासोका लागि प्रत्येक २५ हजार टन गहुँ बोकेका दुई जहाजहरू नोभेम्बरको मध्यमा रूसबाट त्यसतर्फ प्रस्थान गरेका थिए।

ताजा अपडेट

नेपालवाच विशेष