सार्वजनिक विदाको दिन नबिलको होलिडे काउन्टर यी स्थानमा रहनेछन् खुला
काठमाडाैं । आज माघ एक गते माघे संक्रान्तिको दिन नबिल बैंकले केही स्थानहरूका शाखा खुला रहने जानकारी दिएको छ । बैंकले एक सूचना जारी गर्दै दिउँसो २ बजेदेखि चार बजेसम्म शाखा खुला रहने जानकारी गराएको हो । नबिल बैंकका कोशी प्रदेशअन्तर्गत विराटनगर रंगेली रोड, बिर्तामोड, धरान, इटहरी, दमक र विराटनगरका शाखाहरू खुला रहनेछन् ।
त्यस्तै मधेस प्रदेशमा जनकपुर र विरगञ्ज, बागमती प्रदेशमा खिचापोखरी, बिजुलीबजार, कुमारीपाटी-२, जोरपाटी, महारजगञ्ज, कैशलटार, नारयणगढ, हेटाैंडा, तीनधारा र ललितपुरमा खुला रहने बैंकले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल, भैरहवा र नेपालगञ्ज २, कर्णाली प्रदेशमा सुर्खेत र सुदुरपश्चिममा धनगढी २ का शाखा खुला रहनेछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया