आयोजनाको ढिलासुस्ती रोक्न दबाबयात्रा गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न आयोजनाहरूको निर्माणमा भइरहेको ढिलासुस्ती रोक्न दबाबयात्रा गर्ने भएको छ । यसअघि नारायणगढ–बुटवल सडक खण्डमा दबाबयात्रा गरेको रास्वपाले थप २७ आयोजनामा उसैगरी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
पार्टी अभियानअन्तर्गत मिसन–८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी दिन दबाबयात्रा सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ । दबाबयात्रा सञ्चालनका लागि रास्वपाले ६ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । जसमा श्रीराम न्यौपाने, विपीनकुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेट्वाल र खुस्बु सरकार श्रेष्ठ सदस्य रहनेछन् ।
प्रारम्भिक चरणमा रास्वपाले २७ आयोजनामा यो यात्रा सञ्चालन गर्नेछ । जसमा मेलम्ची खानेपानी आयोजना, ११ किलो–छेपेटार–भालुस्वारा–बारपाक, दमौली पोखरा सडकलगायत छन् ।
६ सदस्यीय कार्यदलले आयोजनाबारे थप अध्ययन गरेर कार्यक्रमको सम्भावित प्रारूप र मिति तय गर्ने रास्वपाले जनाएको छ ।
निर्माणको ठेक्का लागेर समयमा पूरा नभएका आयोजनामा दबाब बढाउन रास्वपाले यस्तो अभियान सञ्चालन गर्न लागेको हो । यसअघि सभापति रवि लामिछाने नेतृत्वमा रास्वपाले नारायणगढ–बुटवल सडक खण्डमा दबाबयात्रा सञ्चालन गरिसकेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया