आयोजनाको ढिलासुस्ती रोक्न दबाबयात्रा गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न आयोजनाहरूको निर्माणमा भइरहेको ढिलासुस्ती रोक्न दबाबयात्रा गर्ने भएको छ । यसअघि नारायणगढ–बुटवल सडक खण्डमा दबाबयात्रा गरेको रास्वपाले थप २७ आयोजनामा उसैगरी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
पार्टी अभियानअन्तर्गत मिसन–८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी दिन दबाबयात्रा सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ । दबाबयात्रा सञ्चालनका लागि रास्वपाले ६ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । जसमा श्रीराम न्यौपाने, विपीनकुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेट्वाल र खुस्बु सरकार श्रेष्ठ सदस्य रहनेछन् ।
प्रारम्भिक चरणमा रास्वपाले २७ आयोजनामा यो यात्रा सञ्चालन गर्नेछ । जसमा मेलम्ची खानेपानी आयोजना, ११ किलो–छेपेटार–भालुस्वारा–बारपाक, दमौली पोखरा सडकलगायत छन् ।
६ सदस्यीय कार्यदलले आयोजनाबारे थप अध्ययन गरेर कार्यक्रमको सम्भावित प्रारूप र मिति तय गर्ने रास्वपाले जनाएको छ ।
निर्माणको ठेक्का लागेर समयमा पूरा नभएका आयोजनामा दबाब बढाउन रास्वपाले यस्तो अभियान सञ्चालन गर्न लागेको हो । यसअघि सभापति रवि लामिछाने नेतृत्वमा रास्वपाले नारायणगढ–बुटवल सडक खण्डमा दबाबयात्रा सञ्चालन गरिसकेको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया