नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न सम्भव रहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादक संघले गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति विशेष र महत्वपूर्ण अवसर हुने बताए ।
निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्न सक्ने उनको दावी छ । पछिल्लो डेढ वर्षको अवधिमा १ हजारभन्दा बढी मेगावाट बिजुली उत्पादनको अवस्था सिर्जना भएको उनले जानकारी दिए ।
उनले भने, ‘सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१र२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र ४/५ सय मेगावाट उत्पादन गर्नेछौं । यो दृष्टिले हेर्दा अहिले १५ देखि १६ महिनाको बीचमा, डेढ वर्षको अवधिमा हजार भन्दा बढी विद्युत उत्पादन गर्नसकने अवस्थासम्म आइपुगेका रहेछौं । यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौं भन्ने कुरा होइन । हामी उत्पादन गर्न सक्छौं ।’
प्रतिक्रिया