NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नबिल बैंकको नाफा घट्यो, यस्ता छन् अन्य वित्तिय सूचक

काठमाडाैं । नबिल बैंकले दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार बैंकको नाफा गत आवको पुस मसान्तको तुलनामा यस त्रैमासिकमा घटेको छ ।

बैंकले पुस मसान्तसम्ममा ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पुसम मसान्तको तुलनामा ६.२८ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रूपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.२४ प्रतिशतले बढी हो । गत आवको सोही अवधि बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार थियो । दोसो त्रैमाससिकसम्ममा बैंकको

वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार रुपैयाँ रहको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने  ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

दोस्रो त्रैमाससम्म आउँदा बैंकको निष्क्रिय कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमासमा १.४६ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले घटेर १.२० प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ ।