NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २३ गते

दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकको वित्तिय सूचक कस्तो ?

काठमाडाैं । एनआईसी एसिया बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरअनुसार पुस मसान्तसम्ममा बैंकको नाफामा गिरावट आएको छ ।

पुस मसान्तसम्ममा बैंकले एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले कमी हो । गत आवको सोही अवधिमा बैकले तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ कमाएको थियो । बैकको खुद ब्याज आम्दानीसमेत घटेको छ ।  पुस मसान्तसम्ममा बैंकको  खुद ब्याज आम्दानी पाँच अर्ब ५४ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।

बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्ममा ३ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै २ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा कुल कर्जामा १.१९ प्रतिशत छ, । गत वर्षको दोस्रो त्रैमासमा यस्तो कर्जा ०.६१ प्रतिशत मात्रै थियो । त्यस्तै बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ ।