NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सडकबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

रामपुर । पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष