काठमाडौंबाट नक्कली डाक्टर पक्राउ, ४० जना बिरामीका गरेका थिए उपचार

काठमाडौं । काठमाडौंमा एक नक्कली डाक्टर पक्राउ परेका छन् ।
धौलागिरी पोलिक्लिनिक चलाएर बसेका सम्बुद्ध भट्टाचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
४० वर्षीय भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए।
मोरङ विराटनगर महानगरपालिका वडा नम्बर- २ का उनले प्रारम्भिक बयानमा ४० जना बिरामीलाई उपचार गराएको बताएका छन् । उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउँदै आएका थिए ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया