NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

क्रेडिट कार्ड हराएमा के गर्ने ?

काठमाडौं । क्रेडिट कार्डमा बैंकले पहिले खर्च गर्ने र पछि भुक्तानी गर्ने सुविधा दिएको हुन्छ । यो सेवा बैंकले दिएको ऋण हो । जसको प्रयोग पछि सेवाग्राहीले निश्चित समयभित्र कार्डबाट भुक्तानी भएको रकम फिर्ता दिनुपर्छ । क्रेडिट कार्डको प्रयोगमा ब्याज तथा अन्य अतिरिक्त शुल्क लाग्ने गर्दा नेपालमा क्रेडिट कार्ड प्रयोग धेरै रुचाइएको पाइदैन । तथापि, आर्थिक अवस्था राम्रो भएको तथा नियमति आयआर्जन राम्रै गर्ने व्यक्तिले भने यसको प्रयोगबाट लाभ लिइरहेका छन् । कहिलेकाही कार्डको सेवा लिँदा असावधानीबस कार्ड हराउन वा चोरी हुन सक्छ । यस्तो अवस्थामा व्यक्ति चिन्तित हुन्छन् । तर जुनसुकै सेवा लिँदा पनि त्यसको सुरक्षित प्रयोग भने जान्नु पर्छ । कार्ड हराएमा त्यसको मौद्रिक घाटा मात्र हुँदैन् यस्तो कार्डले विभिन्न अपराधिक ठगी पनि हुन सक्छ । त्यसैले यस्तो घटनालाई मध्यनजर गर्दै कार्ड हराएको वा चोरी भएको अवस्थामा शिघ्र सम्बिन्धित बैंकलाई जानकारी गराएर सुरक्षित हुनुपर्छ ।

यसले कार्डबाट हुन सक्ने अपराधिक घटनाहरु हुन दिदैन् । त्यसपछि तपाई आफ्नो हराएको वा चोरी भएको कार्ड ब्लक गर्नुहोस् । यसले क्रेडिट कार्डबाट हुन सक्ने दुरुपयोगबाट बचाउँछ । तर ध्यान दिनुहोस्, क्रेडिट कार्ड हराएको खण्डमा तपाइले आफ्नो कार्डसँग सम्बन्धित जानकारी भने राख्नुपर्छ । जस्तै कार्डको नम्बर, हराएको वा चोरी भएको मिति, कारोबार भएको अन्तिम मिति र रकम यस्ता सामान्य जानकारीले तपाईलाई ठुलो क्षतिबाट बचाउन सक्छ । (यो सामग्री हामीले सरल बैंकिङको सहयोगमा तयार पारेका हाैँ)