शैक्षिक क्षेत्रका समस्या समाधान नभएसम्म नेपालको विकास सम्भव छैन : अध्यक्ष यादव
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षाको स्तर सुधार गर्न राज्यको ध्यान पुग्न जरुरी भएको बताएका छन् ।
सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरमा निर्माण गरिएको इन्जिनियरिङ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा अध्यक्ष यादवले शिक्षा हरेक किसिमको समस्यालाई सामाधान गर्न सक्ने साधन भएकाले यसमा लगानी गर्नुपर्नेमा जोड दिए ।
इन्जिनियरिङ कलेजबाट यहाँको शैक्षिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले अहिले नेपालको शिक्षा क्षेत्र अस्तव्यत रहेकाले यसमा परिवर्तन ल्याउन आवश्यक भएको बताए ।
शैक्षिक क्षेत्रमा देखिएका चुनौतीको सामना र समाधान नभएसम्म नेपालको विकास सम्भव हुन नसक्ने अध्यक्ष यादवले बताए। शिक्षाको स्तर कमजोर बन्दै गएको भन्दै उनले शिक्षा स्तरीय बनाउने दायित्व राज्यको भएको उल्लेख गरे ।
कार्यक्रममा सांसद रञ्जु ठाकुर, पूर्व मन्त्री रेणु यादव, राजविराज क्याम्पसका प्रमुख राजिव झा, मधेस प्रदेशका पूर्व मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेशसभा सदस्य मनिष सुमन, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, जसपा सप्तरीका अध्यक्ष केदार यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सप्तरी क्षेत्र नं २ को संसदीय कोषको रु चार करोड ६१ लाखको लागतमा भवन निर्माण गरिएको हो ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया