डिआइजी शाहलाई उत्कृष्ट बााहिनीपति पुरस्कार
काठमाडौं । नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरेका छन् । २३ औैं सशस्त्र प्रहरी दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।
सशस्त्र प्रहरीका आठ बाहिनीमध्ये छिन्नमस्ता उत्कृष्ट भएको हो ।
त्यस्तै, अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सशस्त्र प्रहरीका तालिमकेन्द्रमध्ये कुरिनटार तालिमकेन्द्र उत्कृष्ट भएका छन् । तालिम केन्द्रका समादेशक एसएसपी मनिष थापलाई पुरस्कार प्रदान गरिएको छ ।


प्रतिक्रिया