घाँस काट्न जाँदा भालुको आक्रमण, दुई किशोरी घाइते
अछाम । अछामको रामारोशन गाउँपालिका–५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको छ ।
घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका प्रनाउ पाठकले बताए। उनका अनुसार घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया