अनलाइन बैंकिङ कसरी सुरक्षित प्रयोग गर्ने ?
काठमाडौं । प्रविधिको विकाससँगै हरेक व्यक्ति प्रविधिमा निर्भर भएको छ । यसबाट काम छिटो र छरितो हुने हुँदा प्रविधिको प्रयोग गरी व्यक्ति जतिसक्दो आफ्नो काम छिटो गर्न चाहन्छ । बैंक तथा वित्तिय संस्थाहरुमा अझ प्रविधिको उच्च प्रयोग भएको छ । यीनै प्रविधिलाई पछ्याउँदै व्यक्ति पनि डिजिटल प्रविधिको प्रयोगमा केन्द्रित छ । प्रविधिले नै बैंकमा रकम जम्मा गर्न जानुपर्ने बाध्यता हटाएर मोबाइल र इन्टनेटको प्रयोगले केही क्षणमै खातामा रमक स्थानान्तरण गर्नदेखि घरमै बसी बसी अनलाइन सम्बन्धी काममा सहजता ल्याएको छ ।
बैंकिङ कारोबारले गर्दा अहिले नगदको प्रयोग न्युन हुँदै गएको छ । अनलाइन बैंकिङका कारण नै ग्राहकले आफ्ना अधिकांश आधारभूत बैंकिङ कारोबार पूरा गर्न बैंक शाखामा जानु पर्ने बाध्यता हटेको छ ।
विद्यालयको शुल्क तिर्नदेखि बत्तीको बिल तिर्नसम्म अनलाइन बैंकिङले सहज गरेको छ । तर यसले जति व्यक्तिको जीवन छरितो बनाएको छ त्यतिनै प्रविधिको दुरुपयोग पनि तिव्र गतिमा बढेको छ । त्यसैले यस्ता अनलाइन बैंकिङमार्फत हुने विद्युतिय अपराधबाट जोगिन यसको सुरक्षित प्रयोग गर्न जान्नु पर्छ । यसरी धेरै हदसम्म अनलाइन बैंकिकबाट हुने अपराधिक घटनाबाट बच्न सकिनछ ।
अनलाइन बैंकिङ प्रयोग गर्दा यी कुरामा ध्यान दिऔं
१) आफ्नो पासवर्ड नियमित रुपमा परिवर्तन गर्नुहोस्
२) अनलाइन बैंकिकका लागि सार्वजनिक वाइफाइको प्रयोग नगनु्ृहोस्
३) मोबाइलमा आफ्नो अकाउन्ट लग इन नराख्नुहोसु्
४) बैंक स्टेटमेन्ट नियमित रुपमा चेक गर्नुहोस् ।
५) स्क्याम कल तथा म्यासेजबाट टाढा रहनुहोस् ।
६) मोबाइल तथा सामाजिक सञ्जालमा आएका सबै लिंकहरु क्लिक नगर्नुहोस्
७) मोबाइल बैंकिक एप अप टु डेट राख्नुहोस्
(यो सामग्री हामीले सरल बैंकिङको सहयोगमा तयार पारेका हाैँ)


प्रतिक्रिया