मध्य चीनमा भएको आगलागीमा परी ३९ को मृत्यु
बेइजिङ । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधबार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी मिडियाले बताएको छ ।
मुलुकको सरकारी प्रसारक सिसिटिभीले भनेको छ, “जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।”
रिपोर्टमा आगो लाग्नुको सटीक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनाहरूमा ‘दृढ नियन्त्रण’ को आह्वान गरे ।
सिसिटिभी रिपोर्टका अनुसार सिले महत्त्वपूर्ण निर्देशन जारी गरे र भने, “मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बारको दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक छ ।”
घटनास्थलको सिसिटिभीले जारी गरेको भिडियो फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपत्कालीन सवारीहरू सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिलाई पोस्ट गरेको छ । उक्त कमान्ड आगलागी भएपछि स्थानीय अधिकारीहरूले स्थापना गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।”
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया