NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ५ गते

नेपाली डिजिटल बैँकिङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

काठमाडाैं । लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज नेक्सट (OrangeNXT ) को थालनी  गरेको छ । एफ वान सप्टअन्तर्गतको फोन नेक्सटसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ  ।

OrangeNXTले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, Goal-Based Deposit जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरु प्रदान गर्नेछ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।

लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको  डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, OrangeNXT मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ ।

foneNXT का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस OrangeNXT ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने वहाँको विश्वास रहेको छ ।

यस अभुतपूर्व यात्रामा आफ्नो विशिष्ट FinTech दक्षताको माध्यमबाट OrangeNXT को सेवालाई थप उचाई दिने FoneNXT को रणनैतिक सहभागिताको लक्ष्मी सन्राइज सह्रहना गर्दछ ।

ताजा अपडेट

नेपालवाच विशेष