शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामेरा’ जडान
फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।
विद्यालय परिसर, कार्यालय, कक्षाकोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार संघीय सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको हो । यस्तै विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको सुरुआत गरिएको उनले जानकारी दिए।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया