विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिन कर्मचारीको माग
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिन कर्मचारीहरुले माग गरेका छन् । बारम्बार नेपाल प्रहरीका कर्मचारीबाट दुर्व्यवहार भएको भन्दै उनीहरुले नेपाल प्रहरीलाई हटाउन माग गरेका हुन् । बिज्ञप्ती नै निकालेर कर्मचारी संगठनहरुले यस्तो माग बताएका हुन् ।
बिज्ञप्तीमा भनिएको छ,‘अन्तर्राष्ट्रिय सीमा क्षेत्र अन्तर्गत पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश गर्ने स्थान, यात्रुहरुको चेकजाँच गर्ने स्थान तथा बाहिर निस्कने स्थानहरुमा चेकजाँच गर्ने कार्य नेपाल प्रहरीबाट हुने गरेकामा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सीमा सुरक्षा हेर्ने निकायमार्फत गर्ने व्यवस्थाको तत्काल कार्यान्वयन गरियोस् ।’
शुक्रबार विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । सो विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । भिजिट भिसाको सेटिङमा प्रहरीले अवरोध गरेकाले पनि अध्यागमन र प्रहरीबीच टकराव बढेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया