दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्ति गर्न आइतबार आवेदन माग गरेको हो ।
मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन भनेको छ । आवेदन सूचना प्रकाशित भएको मितिले सात दिनसम्म दिन सकिनेछ ।
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पद रिक्त हुँदा केही समयदेखि कार्यवाहकले चलाइरहेका छन् ।

ताजा अपडेट
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया