NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ९ गते

सहकारी वचतकर्ता पीडित संयोजकसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा देशभरीका वचतकर्ता पीडित संयोजकसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देशभरीका १५० वटा सहकारी पीडित वचतकर्ताको संयोजकसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब साढे तीन सय जनाको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी भएका वचतकर्ताको सामूहिक भेलाबाट आउँदो २५ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । त्यस्तै आगमी आन्दोलनको कार्यक्रम कसरी अगाडि बढाउने सम्बन्धमा छलफल भएको आयोजकले जनाएको छ । सहकारी पीडितलाई सरकाले चैत्र मसान्तसम्ममा ४० प्रतिशत रकम भुक्तानी गर्ने भनेर सहमति गरेको छ, तर अहिलेसम्म त्यो अनुसारको तयारी गरेको नदेखिएको भन्दै त्यसको अनुगमनसमेत गर्ने तयारी रहेको आयोजको भनाइ छ।

अन्तरक्रिया कार्यक्रमको व्यवस्थापन भने कान्तिभैरव वचत तथा ऋण सहकारी पीडितले गरेको हो । सहकारी पीडित महासंघका अध्यक्ष कुश्लभ केशीले सहकारी पीडितको पक्षमा खम्बाझैँ उभिने प्रतिबद्वता जनाए । उनले वचतकर्तालाई रूवाउने सहकारी सञ्चालकलाई कालोमोसो दलेर बीच सडकमा ल्याइछाड्ने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष