यू–१९ विश्वकप : नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तानलाई परास्त गर्दै सुपर सिक्समा प्रवेश गरेको नेपालले आज बंगलादेशसँग खेल्ने भएको हो ।
समूह चरणको प्रस्तुतिका आधारमा नेपाल सुपर सिक्सको समूह १ को पाँचौं स्थानमा छ । बङ्गलादेश समूह चरणमा ३ खेलमा २ जित र एक हारका साथ समूह ‘ए’बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो भने न्यूजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोरेको नेपालले अफगानिस्तानलाई मात्र हराएको थियो ।
मंगलबार सम्पन्न सुपर सिक्सको पहिलो खेल भारत र पाकिस्तानले जितिसकेकाले नेपाल सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना समाप्त भएको छ । तथापि, नेपाल आजको खेलमा बंगलादेशलाई परास्त गरेर आफ्नो अवस्था सुदृढ पार्न चाहन्छ ।
प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।
सुपर सिक्समा ६ देश प्रवेश गरेका छन् । यी देशले दुई–दुई खेल खेलेपछि शीर्ष स्थानका दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया