माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने गुरुङ पक्राउ
काठमाडौं । आकर्षक तलबमा माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्रि पक्राउ परेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको टोलिले बानेश्वरबाट ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-१३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ सुन्दरबस्ती बस्दै आएका गुरुङले पटक-पटक गरी पीडितबाट ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।
गुरूङले माल्टाको प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया