NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

इन्ड्राइभ बन्यो विश्वमै धेरै डाउनलोड भएको दोस्रो राइड–हेलिङ एप

काठमाडौं । ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म इन्ड्राइभ सन् २०२३ मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बन्न सफल भएको छ । डाटा डट एआईको अनुसार इन्ड्राइभ लगातार दोस्रो वर्ष पनि यो  स्थानमा रहन सफल भएको हो ।

यसको साथै इन्ड्राइभ ट्राभल क्याटेगोरीअन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपको रूपमा ¥यांक गर्न सफल भएको छ । गुगल प्ले र एप स्टोर डाटा (चीनमा आईओएस मात्र) अनुसार २०२३ मा इन्ड्राइभ कुल ६६.६ मिलियनपटक डाउनलोड भएको हो ।

इन्ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै विस्तार भैरहेको छ । नेपालमा इन्ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ र अहिले सबैभन्दा लोकप्रिय राइड सेयरिङ सेवाहरू मध्य एक हुन सफल भएको छ । सन् २०२३ मा इन्ड्राइभले अमेरिकाको मायामी र दक्षिण फ्लोरिडा सहित धेरै नयाँ स्थानहरूमा आफ्नो सेवाहरू सुरू गरेको थियो ।

आफ्नो नयाँ पियर–टु–पियर मूल्य निर्धारण मोडेलको लाभ उठाउँदै एवं तीव्र रुपमा विकास गर्दै इन्ड्राइभ यात्रुहरूका लागि किफायती आवतजावतको विकल्प र चालकहरूका लागि उचित आम्दानीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दै  विश्वव्यापी रूपमा सामाजिक अन्यायलाई चुनौती दिने आफ्नो सुपर मिशन प्राप्त गर्न प्रतिबद्ध छ । यसका साथै कम्पनीले उत्सर्जन घटाउने प्रयासमा विभिन्न क्षेत्रहरूमा विद्युतीय सवारीसाधनहरु थप्न थालेको छ ।

यसबारे बोल्दै इन्ड्राइभका संस्थापक र सीईओ आर्सेन टम्स्कीले भने, ‘इन्ड्राइभले विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एपको रूपमा आफ्नो स्थान कायम राखेको छ । यसमा हामी अत्यन्तै खुशी छौँ । यो श्रेय हाम्रो टोलीको अथक प्रयास र हाम्रा प्रयोगकर्ताहरूले हामी माथि गर्नुभएको विश्वासको प्रमाण हो । इन्ड्राइभमा हाम्रो सुपर मिशन भनेको सामाजिक अन्यायलाई चुनौती दिनु हो । र हामी उचित मूल्यमा भरपर्दो मोबिलिटी सर्भिसहरु उपलब्ध गराउन र हामी हाम्रा समुदायका मानिसहरूका लागि अर्थपूर्ण आम्दानीका अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ, र हामीले यो कोसेढुङ्गा मनाईरहँदा इन्ड्राइभको सफलतालाई डाउनलोडको सङ्ख्याबाट मात्र नभई समुदाय र विश्वमा हामीले पार्न सकेको प्रभावबाट मापन गर्छौँ भन्ने कुरा पनि व्यक्त गर्न चाहन्छु ।’

डाटा डट एआईका अनुसार इन्ड्राइभ पाकिस्तान, कोलम्बिया, इजिप्ट, पेरु र मोरक्को सहित १३ देशहरूमा सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप पनि हो ।