दुई प्रदेशमा आज वर्षाको सम्भावना
काठमाडौं । दुई प्रदेशमा आज वर्षाको आकलन गरिएको छ । काठमाडौंमा भने आज पानी पर्ने सम्भावना छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा हुनसक्छ । कोशी प्रदेशका एक दुई स्थानमा राति पनि फाटफुट वर्षाको योग छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहीबार लामो समयपछि वर्षा भएको थियो । वर्षापछि मौसम चिसिएको छ । महाशाखाले सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार शुक्रबार बागमती प्रदेशभित्र आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।
विभिन्न प्रदेशमा शुक्रबार पनि हिमपात हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा आज हल्का हिमपातको सम्भावना छ।
शनिबार भने कतै पनि वर्षाको आकलन गरिएको छैन । आइतबार भने तीन प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
पश्चिम वायुको प्रभावले केही दिनयता देशभरको मौसममा बदली आएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ । मौसमविदहरूले देशभर चिसो बढेकाले यसका सम्भावित जोखिमबाट बच्न सचेत गराएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया