NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

फागुन एक गतदेखि ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १ गतेदेखि ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र निष्कान गर्न लागेको जनाएको  छ।

बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १० प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।

निष्काशन गर्न लागेकत्र ऋणपत्र १६ लाख १६ हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । जसमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।बाँकी २४ लाख २४ हजार इकाईमा सर्वसाधारणले  आवेदन दिन पाउनेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ ।

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।