आज राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै
काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरुले सहभागिता जनाउने छन् ।
बैठकमा परिषद्को पहिलो बैठकका निर्णयको समीक्षा र कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ ।
परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो । सो बैठकमा संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया