ऋतिक-दीपिकाको किस सिनले विवादमा तानियो ‘फाइटर’
काठमाडौं । बलिउड फिल्म ‘फाइटर’को एक सिनलाई लिएर विवाद उत्पन्न भएको छ ।
फिल्ममा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणबीचको किस सिनलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्ममा भारतीय वायुसेना (एयर फोर्स) का फाइटर पाइलटको कथालाई समेटिएको छ । एक सिनमा ऋतिक र दीपिका एयर फोर्सकै युनिफर्ममा किस गरेको देखाइएको छ ।
इण्डियन एयर फोर्सका कमाण्डर सौम्यदीप दासले उक्त सिनमा आपत्ति जनाउँदै युनिफर्मको अपमान गरेको बताएका छन् । उनले फिल्मका निर्देशक र कलाकारलाई लिगल नोटिस पठाउँदै भनेका छन्, ‘एयर फोर्सको युनिफर्म कुनै एउटा कपडाको टुक्रा होइन, यो हाम्रो देशको रक्षाका लागि त्याग, अनुशासन र समर्पणको निशानी हो ।’
फिल्ममा रोमान्टिक एङ्गल देखाउनकै लागि वायुसेनाको युनिफर्मको प्रयोग गरिनु गैर जिम्मेवार भएको उनले बताएका छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म फाइटरले विश्वभरबाट तीन सय ५० करोड कलेक्शन गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया