NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

ऋतिक-दीपिकाको किस सिनले विवादमा तानियो ‘फाइटर’

काठमाडौं । बलिउड फिल्म ‘फाइटर’को एक सिनलाई लिएर विवाद उत्पन्न भएको छ ।

फिल्ममा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणबीचको किस सिनलाई लिएर विवाद उत्पन्न भएको हो । फिल्ममा भारतीय वायुसेना (एयर फोर्स) का फाइटर पाइलटको कथालाई समेटिएको छ । एक सिनमा ऋतिक र दीपिका एयर फोर्सकै युनिफर्ममा किस गरेको देखाइएको छ ।

इण्डियन एयर फोर्सका कमाण्डर सौम्यदीप दासले उक्त सिनमा आपत्ति जनाउँदै युनिफर्मको अपमान गरेको बताएका छन् । उनले फिल्मका निर्देशक र कलाकारलाई लिगल नोटिस पठाउँदै भनेका छन्, ‘एयर फोर्सको युनिफर्म कुनै एउटा कपडाको टुक्रा होइन, यो हाम्रो देशको रक्षाका लागि त्याग, अनुशासन र समर्पणको निशानी हो ।’

फिल्ममा रोमान्टिक एङ्गल देखाउनकै लागि वायुसेनाको युनिफर्मको प्रयोग गरिनु गैर जिम्मेवार भएको उनले बताएका छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म फाइटरले विश्वभरबाट तीन सय ५० करोड कलेक्शन गरेको छ ।