NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपालमा उलिङ्गको ११ सिटर इभी भ्यान सार्वजनिक हुँदै, के-के छन् विशेषता ?

काठमाडाैं । कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रालि र विश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।

उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने कम्पनीको दाबी छ । साथै इभि भ्यानहरुमध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ । यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक श्री सन्तोष खतिवडाज्यूले जानकारी दिनु भयो ।

उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः

१.  नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किमिसम्मको वारेन्टी भएको ।

२. ४१.८७ कि।वा। आवर ब्याट्री ।

३.कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।

४.सिङ्गल चार्जमा ३०० कि.मि. रेञ्ज ।

५.  ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।

६.  ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।