१० अर्ब बराबरको निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।
केन्द्रीय बैंकले माघ २६ गतेदेखि सात दिनको लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।
ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया