किन खोल्ने रेमिट्यान्स मुद्दती खाता ?
काठमाडौं । रेमिट्यान्स मुद्दती खाता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा स्वदेशमा बस्ने तिनमा परिवारका सदस्यबाट प्राप्त रेमिट्यान्सलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको निक्षेप खाता हो ।
यो खाताले रेमिट्यान्सबाट आएको रकम बढाउँनका लागि सुरक्षित अवसर प्रदान गर्छ । यस खातामा सेवाग्राहीले रेमिट्यान्समार्फत विदेशबाट पठाएको रकमलाई निश्चित समायावधिको लागि सुरक्षितसँग जम्मा गर्न सक्छन् । यस्तो खातामा अन्य मुद्दती खाताभन्दा ब्याजदर पनि उच्च मात्रामा पाइन्छ । रेमिट्यान्स खातामा बैंकहरुले विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने व्यक्तिलाई डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, डिम्याट खाता, दुर्घटना विमा लगायतका सेवा सुविधा प्रदान गर्छ ।
रेमिट्यान्स खाता खोल्दा के हुन्छ ?
समयावधिमा लचिलोपन
रेमिट्यान्स मुद्दती खातामा बैंकहरुहरुले समयावधि लचिलो बनाएका छन् । प्रायः यस खातामा बैंकहरुले तीन महिनादेखी पाँच वर्षसम्मको कार्यकाल अवधि प्रस्ताव गर्ने गर्छन् । जस अनुसार तपाइ निश्चित समय अवधि छनौट गरी रकम जम्मा गर्न सक्नुहुनेछ ।
सुरक्षित तथा स्थिर लगानी
रेमिट्यान्स खाताले रेमिट्यान्स प्रयोगकर्ताहरुलाई सुरक्षित र स्थिर लगानीको अवसर प्रदान गर्दछ । तपाईले आफ्नो रेमिटबाट प्राप्त भएको रकमलाई मुद्दती खातामा जम्मा गरेर बजारको आर्थिक उतारचढावबाट जोगाउन सक्नुहुन्छ । साथै, निश्चित समयावधिको लागि मुद्दती खातामा जम्मा गरेको साँवा रकमलाई वैदेशिक रोजगारीबाट फर्किएपछि नयाँ सीप सिक्न वा नयाँ व्यवसायमा सञ्चालन गर्न आवश्यक पर्ने लगानीका रुपमा प्रयोग गर्न सकिन्छ ।
उच्च ब्याजदर
नियमित बचत खाताको तुलनामा रेमिट्यान्स मुद्दती खातामा ग्राहकले उच्च ब्याजदर पाउन सक्छन् । यस्तो खाताको ब्याज बैंक अनुसार भिन्न भए पनि बैंकहरुले न्युनतम १० प्रतिशतबाट १२ प्रतिशतसम्मको ब्याज उपलब्ध गराउँदै आएको छ ।
कर्जाको सुविधा
रेमिट्यान्स मुद्दती खातामा उच्च ब्याज पाइनुका साथै कर्जाहरुको पनि व्यवस्था हुन्छ । यो खातामार्फत प्रयोगकर्ताले सवारी कर्जा, आवास कर्जा, शैक्षिक कर्जा तथा व्यक्तिगत कर्जा लिन सक्छन् ।
खाता खोल्दा के चाहिन्छ ?
रेमिट्यान्स मुद्दती खाता खोल्न नागरिकताको प्रमाणपत्र तथा पासपोर्ट, रेमिट्यान्स प्राप्त हुने स्रोतको प्रमाण, श्रम स्वीकृति, पासपोर्ट साइजको फोटो आवश्यक पर्छ । साथै यो खाता खोल्नका लागि छुटै सामान्य बचत खाता वा रेमिट्यान्स बचत खाता अनिवार्य आवश्यक पर्छ । रेमिट्यान्स मुद्दती खाता नजिकैको बैंक शाखामा गएर खोल्न सकिन्छ । (यो सामग्री हामीले सरल बैंकिङको सहयोगमा तयार पारेका हाैँ)
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया