NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

बजेटको अर्धवार्षिक समीक्षा : बजेटको आकार १५ खर्ब ३० अर्ब कायम

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक गरेको समिक्षामा बजेटको लक्ष्य घटाएको छ ।

सोमबार अर्थमन्त्रायमा एक कार्यक्रमकाबीच अर्थमन्त्री प्रकाशशरण महतले बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

संशोधित बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ छ । यो बजेट सुरु अनुमानको ८७.३७ प्रतिशत हो । अर्थमन्त्री महतका अनुसार चालुतर्फ विनियोजित रकमको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.३९ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।

गत जेठ १५ गते सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

पूर्णपाठ :