अर्थमन्त्री भन्छन्,’आयात कम हुनुमा भन्सार चुहावट भयो कि भन्ने आशंका छ’
काठमाडौं। अर्थमन्त्री डा. प्रकासशरण महतले आयात कम हुनुमा भन्सार चुहावट भएको हुनसक्ने आशंका रहेको बताएका छन् ।
अर्थ मन्त्रालयलेले गरेको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । चुहावटलाई कम गर्न अन्तर मन्त्रालय र सुरक्षा निकायसँग समन्वय गरेर काम गरिरहेको उनले बताएका छन्।
उनी भन्छन्, ‘अयातमा कम भएको छ त्यसमा गैर भन्सार चुहावट भयो कि भन्ने आशंका पनि छ त्यसलाई कम गर्नेको लागि अन्तर मन्त्रालय र सुरक्षा निकायसँग पनि समन्वय गरेर काम गरिरहेका छौं।’
अहिले अर्थतन्त्रको सुचांक सकारात्मक देखिएको बताउदै आउने दिनहरुमा पनि आर्थिक गतिविधि बढेर जाने उनले बताए। अर्थतन्त्रको सुचक सकारात्मक देखिएको भएपनि लक्ष अनुसारको सुचक नआएको र त्यसलाई सुधार गरिदै लगिने महतको भनाइ छ।
‘८ प्रतिशत भन्दा बढी मुल्यवृद्धि रहेको बेलामा बजेटमा हामीले त्यसलाई ६.५ प्रतिटशतमा मुल्य वृद्धिलाई रोक्छौं भनेको थियौं त्यो अहिले औषतमा ६.४७ प्रतिशत छ।’
उनले त्यो लक्ष अनुरुप नै भएको बताएका छन्। त्यस्तै कर्जा प्रभाह पनि आउने दिनमा अझ बढेर जाने अर्थमन्त्रीले बताए।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया