NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

टिभिएसको एक लाख सेलेब्रेसन एनओजी राइड सफलतापुर्वक सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको छ । सो उपलक्ष्यमा कम्पनीले एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ ।

गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । उक्त एनओजी राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो । साथै उक्त राइडमा स्कुटरहरु राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो ।

उक्त राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । साथै प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेशनको बारेमा जानकारी दिएका थिए भने मार्र्केटिङ डेप्युटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरुलाई स्वागत गरेका थिए । राइडको समापन १ लाख सेलेब्रेसनको केक काटेर गरिएको थियो ।

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो । स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको छ ।